बागमती


तिहारको एक सातामा ६९ दुर्घटना

तिहारको एक सातामा ६९ दुर्घटना

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १७:५०, चितवन

नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन्। चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन्। मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए। एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उनले जानकारी दिए।

चितवनमा जुवातास खेल्ने २१ जना पक्राउ
जिल्लाका विभिन्न स्थानमा जुवा खेल्दै आएका २१ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी निरीक्षक रिजालका अनुसार पक्राउ परेकाबाट नगद ३ लाख ६१ हजार २१० बरामद गरिएको छ। उनका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अनुसार कारबाही अघि बढाइएको हो। सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई भरतपुर र खैरहनी क्षेत्रबाट पक्राउ गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad