सिन्धुलीबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको भ्यान विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलसँग ठोकिँदा दुर्घटना भएको छ।
मंगलबार (आज) मकवानपुरको बागमती गाउँपालिका–४ बुद्धचोकनजिक दुर्घटना भएको हो।
ना ५२ प ५५९८ नम्बरको पल्सर मोटरसाइकल र मधेस प्रदेश ०२ ००१ ज ०० ७२ नम्बरको ईभी भ्यान आपसमा ठक्कर खाएका हुन्।
घटनामा घाइते भएका सबैलाई प्राथमिक उपचारपछि हेटौँडा अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी छ।
138
Shares

प्रतिक्रिया