मनसुन कमजोर भएसँगै मुलुकमा बिस्तारै चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनी वायुको प्रभाव कमजोर भएर पश्चिमी वायु सक्रिय हुन थालेपछि चिसो हुने क्रम सुरु भएको हो।
सोमबार मात्र मौसम महाशाखाले गण्डकी प्रदेशदेखि पश्चिम देशका धेरैजसो स्थानबाट मनसुन हटिसकेको जानकारी दिएको छ।
मौसम महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ भने देशका बाँकी भूभागमा मात्र मनसुनी वायुको कमजोर प्रभाव छ।
‘अब बिस्तारै तापक्रम कम हुन थालेको छ’, मौसमविद् लामिछानेले मंगलबार बिहान नेपालखबरसँग भने, ‘बिहान–बिहान हल्का चिसो हुन थालेको छ।’
दिउँसो घाम लाग्ने भएकाले तापक्रम कम भएको खासै महसुस नहुने भए पनि बिहान भने चिसो महसुस हुन थालेको उनले बताए।
उनका अनुसार अक्टोबर लागेयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम औसतमा १८ डिग्री सेल्सियसमा झरेको छ। त्यसअघि २१ डिग्री सेल्सियस थियो।
‘अब तापक्रम क्रमिक रूपमा घट्दै जान्छ’, मौसमविद् लामिछानेले भने।
सोमबारको तापक्रम सूची यस्तो छ-

पश्चिमी वायु सक्रिय हुँदै जाँदा चिसो बढ्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु हुने उनले बताए।
त्यसो त पश्चिमी वायुले वर्षा पनि गराउँछ। अब गण्डकी प्रदेशको पूर्वी भूभागउता देशको पश्चिम क्षेत्रमा हुने वर्षा मनसुनले नभई पश्चिम वायुको प्रभावले हुने हो।
Shares

प्रतिक्रिया