बागमती


धादिङमा महिलाको बीभत्स हत्या, छोरा पक्राउ

धादिङमा महिलाको बीभत्स हत्या, छोरा पक्राउ

नेपालखबर
असोज २०, २०८२ सोमबार ११:२२, हेटौँडा

धादिङमा एक महिलाको हत्या भएको छ भने प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापा कटेरीमा आइतबार राति १० बजे ५५ वर्षीया आमा राममाया कँडेललाई खुँडा प्रहार गरी हत्या गरिएको हो। 

घटनापछि प्रहरीले उनका ३० वर्षीय छोरा यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको छ। 

राति होहल्ला भएपछि हेर्न जाँदा घरको आँगनमै राममाया टाउको छुट्टिएको अवस्थामा फेला परेको छिमेकीहरूले बताएका छन्।

आमाको हत्या गरेपछि घटनास्थलमा पुगेका छिमेकीलाई समेत उनले खुडा देखाएर धम्क्याएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले जानकारी दिए।

घटनापछि स्थानीय सल्यान्टार प्रहरी चौकी र जिल्ला प्रहरी टोली पुगेको थियो।

प्रहरी पुगेपछि घरभित्र पसेका यमबहादुरलाई नियन्त्रणमा लिइएको एसपी रिजालले बताए।

पोस्टमार्टमका लागि शव धादिङ अस्पतालमा ल्याइएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad