बागमती


काठमाडौँमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ

काठमाडौँमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ

नेपालखबर
असोज १५, २०८२ बुधबार ७:५०, काठमाडौँ

काठमाडौँमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। 

सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै सिन्धुलीको घ्याङलेख गाउँपालिका-५ का ३६ वर्षीय नेवाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार तामाङलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिइएको हो।

ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad