बागमती


तुइन खोलाको पहिरो हटाउन ४५ घण्टा लाग्यो, यातायात सञ्चालनमा

तुइन खोलाको पहिरो हटाउन ४५ घण्टा लाग्यो, यातायात सञ्चालनमा

नेपालखबर
असोज ५, २०८२ आइतबार १६:३७, हेटौंडा

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोलामा आएको पहिरो हटाउने काम सकिएको छ। 

सडक डिभिजन कार्यालय, चितवनले दुवैतर्फबाट मेसिनहरू निरन्तर काम लगाएर पहिरो हटाइसकिएको र सडक आवागमन सुचारु गरिएको जानकारी दिएको हो। ४५ घण्टापछि यातायात सञ्चालनमा आएको हो।

शुक्रबार साँझदेखि ठूलो पहिरो गएपछि त्यो क्षेत्र हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको थियो। शनिबार दिनभर पहिरो हटाउने प्रयास भएको भए पनि पहिरो आउन क्रम नरोकिएका कारण आइतबार बिहान ३ बजेसम्मलाई स्थगन गरिएको थियो। 

सडक डिभिजन कार्यालय, चितवनले नारायणगढतर्फ ३ वटा स्काभेटर लोडर र मुग्लिङतर्फ पनि ३ वटै स्काभेटर लोडर प्रयोग गरेर पहिरो पन्छ्याएको हो। 

माथिबाट पहिरो नखसेका कारण सडक सुचारु गर्न सकिएको सडक डिभिजन कार्यालय, चितवनका कार्यालय प्रमुख नारायणप्रसाद लामिछानेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad