धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका–७, बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण गरेका छन्।
बुढाथुमको लिखुरे चौतारोमा निर्माण गरिएको प्रतीक्षालयमा दातारामले स्वर्गीय पिता दाताराम रेग्मी र माता पार्वती रेग्मीको तस्वीरसमेत राखेका छन्। प्रतीक्षालय निर्माणका लागि करिब १ लाख खर्च भएको पण्डित रेग्मीले बताएका छन्।
उक्त प्रतीक्षालयमा लेखिएको शिलालेख अनुसार, स्व. दाताराम रेग्मी तथा पार्वती रेग्मीका छोरा रुद्रलाल रेग्मी–हिमकुमारी रेग्मी र काका यदुला रेग्मीको सम्झनामा छोरा–बुहारी दयाराम रेग्मी तथा सिता रेग्मीले २०८२ वैशाख २२ गते प्रतीक्षालय निर्माण गरेका हुन्।
81
Shares

प्रतिक्रिया