बागमती


धादिङको बाँदरेमोडमा पहिरो खस्दा पृथ्वी लोकमार्ग बन्द

धादिङको बाँदरेमोडमा पहिरो खस्दा पृथ्वी लोकमार्ग बन्द

पहिरो गएको स्थान


सुनिता विष्ट
भदौ १४, २०८२ शनिबार ७:४९, हेटौँडा

धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० स्थित बाँदरेमोडनजिकै सुक्खा पहिरो खस्दा पृथ्वी लोकमार्ग बन्द भएको छ।

शनिबार (आज) बिहान ६:४५ बजेतिर सडकमाथिबाट सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

पहिरो गएको स्थान।

काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग बन्द हुँदा अहिले सवारीसाधनको जाम लागेको छ भने यात्रु अलपत्र परेका छन्। 

पहिरो पन्छाएर सडक खुलाउन इलाका प्रहरी पोस्ट (जवाङखोला) बाट प्रहरी हबलदार पदमबहादुर आलेको, प्रहरी चौकी (जोगीमाराण का प्रहरी नायब निरीक्षक तेजबहादुर खरेलको र इलाका प्रहरी कार्यालय (गजुरी) का प्रहरी नायब उपरीक्षक विकास थापाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पहिरो हटाउन जेसीभी प्रयोगका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ।

पहिरो गएको स्थानको भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad