बागमती


जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १४:१७, चितवन

चितवनमा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। 

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३  देखि भदौ ३ गतेसम्म नमुना परीक्षणमा नौ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएकामा यीमध्ये तीन संक्रमितको मृत्यु भएको हो। 

जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। 

त्यसैले लामखुट्टेको टोकाइबाट जोगिन चिकित्सकले सुझाव दिएका छन्। 

अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने लक्षण जापानिज इन्सेफ्लाइटिसका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad