उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सातघरेका दिलबहादुर राई त्रियुगाले बगाउँदा बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका थिए।
साेमबार दिउँसाे ३ बजेतिर खोलामा गएका राई बाढीमा बेपत्ता भएका हुन्।
बेपत्ता राईको खोजी भइरहेकाे छ। बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन्।
45
Shares

प्रतिक्रिया