बागमती


मुख्यमन्त्री लामाले पनि गराए फेरि संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता

मुख्यमन्त्री लामाले पनि गराए फेरि संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता

पुन: कांग्रेस बागमती संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता गराउँदै मुख्यमन्त्री बहादुरसिंह लामा


नेपालखबर
साउन १४, २०८२ बुधबार १०:५५, काठमाडौँ

नेपाली कांग्रेस बागमती संसदीय दलको नेता पदका लागि मुख्यमन्त्री बहादुरसिंह लामाले पनि उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार मात्र कांग्रेस संसदीय दलले अविश्वास प्रस्ताव पारित गर्दै दलको नेताबाट हटाएका उनले पुन पदमा आउन बुधबार सुरु निर्वाचन प्रक्रियामा सहभागी भएका हुन्। 

प्रदेश सभा भवन परिसरमा जारी चुनावी प्रक्रियामा सामेल हुँदै मुख्यमन्त्री लामाले सांसद तीर्थ लामाको प्रस्ताव तथा अर्थमन्त्रीसमेत रहेका कुन्दन काफ्लेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।

मंगलबार कांग्रेस संसदीय दलमा भएको मत विभाजनमा ३७ सांसदमध्ये २२ सांसद मुख्यमन्त्री लामाविरुद्ध मत दिए। जसका कारण दल नेता पद रिक्त भएपछि आज चुनाव गरेर पुन: चयन गर्न लागिएको हो। 

यसअघि उनीविरुद्ध अविश्वास प्रस्तावको नेतृत्वकर्ता इन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता गराइसकेका छन्। 

अब दुई नेताबीच प्रतिस्पर्धा हुने भएको छ। 

आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुने यसका लागि गठित निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad