बागमती


मुख्यमन्त्री लामालाई एमालेले भन्यो: नवनियुक्त ३ मन्त्रीलाई शपथ नखुवाउनू

मुख्यमन्त्री लामालाई एमालेले भन्यो: नवनियुक्त ३ मन्त्रीलाई शपथ नखुवाउनू

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा


नेपालखबर
साउन १४, २०८२ बुधबार १०:४४, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा आज बिहान नियुक्त तीन मन्त्रीलाई अहिले शपथ नखुवाउन सत्ता साझेदार दल एमालेले आग्रह गरेको छ। 

शपथ ग्रहणका लागि तयारी भइरहेका बेला एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरेर तत्काल शपथ नखुवाउन भनेका हुन्।

मंगलबार कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाइएका मुख्यमन्त्री लामाले आजै बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्ति दिएका हुन्।

तर सत्ता साझेदार एमालेले शपथ नगराउन भनेपछि मुख्यमन्त्री लामा अलमलिएका छन्।

प्रदेशको राजनीति अप्ठ्यारो मोडमा रहेका बेला मन्त्री नियुक्ति गरेर शपथ खुवाउँदा गलत सन्देश जाने भन्दै आफूले अहिले त्यसो नगर्न भनेको नेता थपलियाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad