बागमती


कृष्णप्रसाद भट्टराईको उदाहरण दिँदै बर्खास्त मन्त्री महर्जनले भने: मुख्यमन्त्रीले पनि राजीनामा दिनू

कृष्णप्रसाद भट्टराईको उदाहरण दिँदै बर्खास्त मन्त्री महर्जनले भने: मुख्यमन्त्रीले पनि राजीनामा दिनू

नेपालखबर
साउन १०, २०८२ शनिबार १२:३, हेटौँडा

बागमती प्रदेशका बर्खास्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्री बहादुरसिंह लामालाई पनि राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। 

शनिबार (आज) सामाजिक सञ्जालमार्फत महर्जनले कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको उदाहरण दिँदै मुख्यमन्त्री लामालाई नैतिकता देखाएर पदबाट बाहिरिन आग्रह गरेका हुन्। 

‘२०५६ सालको संसदीय निर्वाचनपछि कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्री हुनुभएको ११ महिना पछि उहाँलाई कांग्रेसकै सांसदहरूले बहुमत सांसदसहित अविश्वास प्रस्ताव दर्ता भयो र किसुनजीले नैतिकताको आधारमा राजीनामा दिनुभयो’, उनले लेखेको छन्, ‘अब मुख्यमन्त्रीले पनि राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’

शुक्रबार राजीनामा दिएका महर्जनसहित प्रदेशका ४ मन्त्रीलाई मुख्यमन्त्री लामाले लगत्तै पदबाट बर्खास्त गरेका थिए। 

कांग्रेस बागमती संसदीय दलको नेता फेर्न माग गर्दै खेलकुद मन्त्री महर्जनसँगै सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले दिउँसो राजीनामा बुझाएका थिए।

दलको नेताविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ४ मन्त्रीलाई मुख्यमन्त्री लामाले शुक्रबार साँझ मन्त्री पदबाट बर्खास्त गरिदिएका हुन्।

बागमतीमा कांग्रेस संसदीय दलभित्र अन्तरद्वन्द्व सुरु भएको छ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाएर पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई उनको स्थानमा ल्याउने खेल भइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad