बागमती


मकवानपुरमा हतियार र लागुऔषधसहित एकजना पक्राउ

मकवानपुरमा हतियार र लागुऔषधसहित एकजना पक्राउ

नेपालखबर
असार १, २०८२ आइतबार १८:२९, काठमाडौँ

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ ढुंगेन बस्ने ५० वर्षीय राजु स्याङ्तानलाई विभिन्न हातहतियार र अवैध लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा इटालीयन पेस्तोल १ थान, सोही पेस्तोलको खाली म्याग्जिन २ थान, सोही पेस्तोलको गोली १३ राउण्ड, घरेलु पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १२ राउण्ड, अवैध लागुऔषध गाँजा २२ किलो ८ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ १ किलो ३ सय १० ग्राम सहित
फेला पारी पक्राउ गरेको जनाएको छ।

साथै प्रहरीले सोही ठाउँस्थित चन्द्रलाल मोक्तानको बारीमा आँपको रूखको फेदमा प्लाष्टिकमा बेरी राखिएको घरेलु पेस्तोल १ थान, सोही पेस्तोलको गोली ५ राउण्ड र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ४ सय ८० ग्राम फेला पारी बरामद गरेको छ।

साथै प्रहरीले राजुलाई नियन्त्रणमा लिई ल्याउने क्रममा स्थानीय बासिन्दाहरूले अवरोध गरेको हुँदा अवरोध गर्ने कार्यमा संलग्न सोही गाउँपालिका-१ ठुलोभाबर बस्ने ४२ वर्षीय वीर बहादुर लामालाई समेत नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad