बागमती


काठमाडौँ महानगरको वायु प्रदूषण हेर्न ‘ड्यासबोर्ड’

काठमाडौँ महानगरको वायु प्रदूषण हेर्न ‘ड्यासबोर्ड’

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार ५:४५, काठमाडौँ

काठमाडौँ महानगर क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापन यन्त्रमा प्रकाशित तथ्या‌ंक हेर्न महानगरपालिकाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ।

विश्व वातावरण दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले बिहीबार ड्यासबोर्ड सार्वजनिक गरेको हो।

ड्यासबोर्डबाट काठमाडौँ महानगर क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पीएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकांकको विवरणलाई वास्तविक समयमा हेर्न सकिने कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सीता राईले जानकारी दिइन्। 

उनका अनुसार यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तरको अवस्था के छ भन्ने जानकारी पाइन्छ। 

वायु गुणस्तरको अवस्थालाई विभिन्न छवटा रङले अवस्था संकेत गरिएको छ। जसमा हरियो रङ राम्रो अवस्थाको संकेत हो।

पहेँलो रङ मध्यम, सुन्तला रङ बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या भएका, मुटुरोग भएका जस्ता वर्गका व्यक्तिका लागि संवेदनशील अवस्था हो। रातो रङले अस्वस्थ्य अवस्थाको संकेत गर्छ। यो सबैका लागि अस्वस्थ अवस्था हो। खासगरी संवेदनशील वर्गका व्यक्तिहरू यसबाट जोगिनुपर्छ। 

वैजनी रङले सबै व्यक्तिको स्वास्थ्यमा गम्भीर हुनसक्ने संकेत गरिएको छ। यस्तै गाढा खैरो रङ जोखिमपूर्ण अवस्था हो। यसमा सबै मानिसको स्वास्थ्यमा गम्भीर असर हुनसक्छ। खासगरी पहिले नै समस्या भएकाहरूका लागि बढी असर हुनसक्छ।

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी भन्छन्, “ड्यासबोर्डबाट प्राप्त हुने तथ्यांकले सहरी जनस्वास्थ्य समस्या समाधानका लागि नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्न आधार दिनेछ।”

 वायु गुणस्तर सूचकांकलाई रङ संकेत दिएर स्वास्थ्य सावधानी सूचना बोर्ड राखिने छ।

वायु प्रदूषणसम्बन्धी जनचेतनामूलक भिडिओ सन्देश राख्ने ठाउँ बोर्डमा छ। यसबाट सवारी साधन प्रदूषण जाँचको प्रगति विवरण हेर्न सकिन्छ।

क्षेत्रपाटी चिकित्सालय, लैनचौर, कलंक चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायु प्रदूषण मापनयन्त्र जडान गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad