बागमती


मकवानपुरमा चट्याङ लाग्दा युवकको मृत्यु, बुवा र भतिजा घाइते

मकवानपुरमा चट्याङ लाग्दा युवकको मृत्यु, बुवा र भतिजा घाइते

नेपालखबर
चैत ३१, २०८१ आइतबार १७:१४, हेटौँडा

आइतबार (आज) दिउँसो चट्याङ लाग्दा मकवानपुरमा एक युवकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। 

मकवानपुरको मनहरी गाउँपालिका–५ बसन्तपुरस्थित राप्ती खोलाको किनारमा करिब ३ः४० बजेको समयमा चट्याङ लाग्दा अविरल थिङको ज्यान गएको हो।

मनहरी–५, डिल्लीपुरस्थित आफन्तको घरबाट आफ्नो घर दरदरा फर्कने क्रममा २८ वर्षका थिङमाथि चट्याङ खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनामा मृतकका बावु ५६ वर्षका सिंहबहादुर थिङ मध्यम घाइते भएका छन् भने मनहरी–५ डिल्लीपुरका हिरामान गोलेका १० वर्षका छोरा सौगात गोले सामान्य घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

सौगात मृतक अविरलका सानिआमाको छोरा हुन्। डीएसपी अर्यालका अनुसार घाइते दुवैजनालाई स्थानीयले प्रहरी पुग्नुअघि नै उपचारका लागि चितवन पठाएका थिए।

घटनामा मृत्यु भएका अविरलको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइने तयारी भैरहेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad