बागमती


बल्खुसहित उपत्यकाका ४ स्थानमा आज प्रदर्शन, ट्राफिक प्रहरीले गर्‍यो यातायात ‘डाइभर्सन’

बल्खुसहित उपत्यकाका ४ स्थानमा आज प्रदर्शन, ट्राफिक प्रहरीले गर्‍यो यातायात ‘डाइभर्सन’

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८१ मंगलबार ८:२४, काठमाडौँ

आज चैत २६ गते काठमाडौँ उपत्यकाका ४ स्थानमा राजनीतिक दल तथा संघसंस्थाले प्रदर्शन गर्ने भएका छन्। 

घोषित कार्यक्रमअनुसार आज बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, बानेश्वर र माइतीघर सडक क्षेत्रमा नेपाल शिक्षक महासंघ र शान्तिवाटिकामा सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्ने भएका हुन्। 

जसले गर्दा आज काठमाडौँ उपत्यकामा सवारीसाधन सञ्चालनमा असर पर्ने देखिएको छ। 

यसैले ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधन चलाउनेहरूलाई आग्रह गरेको छ।

खासगरी राप्रपाले बल्खुलाई केन्द्र बनाएर विभिन्न स्थानबाट जुलुस निकाल्ने हुँदा ट्राफिक प्रहरीले यातायात डाइभर्सन गर्ने भएको हो।

डाइभर्सन गरिने मुख्य स्थान
खसीबजार-मकालु, कलंकी चोक-बाफल

बल्खु चोक-कुलेश्वर, कालीमाटी चोक-टेकु

कीर्तिपुर-सुन्दरीघाट, सानेपा-एकान्तकुना

आवश्यक परेमा थप गरिने डाइभर्सन प्वइन्ट 

त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर।

कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू
-त्रिवि गेटदेखि चोभार सडक

-सानेपा करिडोर सडक (दुवैतर्फ)

-चोभार सुख्खा बन्दरगाह

 -नयाँबसपार्क

-सीतापाइला-बाफल सडकखण्डमा एक लाइन

यसैबीच राप्रपाले बल्खुमा गर्ने जुलुससहितको आमसभाका विषयमा तीनै सुरक्षा संगठनले गम्भीर छलफल गरेका छन्।

कार्यक्रमको अघिल्लो दिन सोमबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख जुटेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad