बागमती


तीनकुने क्षेत्रको कर्फ्यु १० घण्टा लम्बियो

तीनकुने क्षेत्रको कर्फ्यु १० घण्टा लम्बियो

नेपालखबर
चैत १५, २०८१ शुक्रबार २२:८, काठमाडौँ

काठमाडौँको तीनकुनेमा लगाइएको कर्फ्यु थप १० घण्टा लम्बिएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार बिहान ७ बजेसम्म लागू हुने गरी दोस्रो आदेश जारी गरेका छन्।

यसअघि उनले राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न शुक्रबार अपरान्हदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका थिए।

गौशालादेखि शान्तिनगर पुल हुँदै जडिबुटी र मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको प्रजिअ तिवारीको आदेशमा उल्लेख छ।

सो क्षेत्रभित्र भेला, जुलुस, प्रदर्शन, घेराउजस्ता गतिविधि गर्न निषेध गरिएको छ। 

ध्वंसात्मक गतिविधि बढेपछि सेनाको गस्ती पनि बढाइएको छ।

प्रजिअको आदेशमा लेखिएको छ, ‘अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यु आदेशको निरन्तरतास्वरूप मिति २०८१/१२/१५ गते रातिको १० बजेदेखि मिति २०८१/१२/१६ गते बिहान ७ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ।’

चार किल्लामा बानेश्वरदेखि तीनकुने क्षेत्रका गौशाला, एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad