बागमती


ललितपुरमा दियोको आगो सल्केर घरमा आगलागी

ललितपुरमा दियोको आगो सल्केर घरमा आगलागी

आगो निभाइँदै


नेपालखबर
फागुन ११, २०८१ आइतबार ११:४४, काठमाडौँ

ललितपुरको सिभिल होम्सको एक घरमा आगलागी भएको छ।

आइतबार बिहान ललितपुर महानगरपालिका २७ सुनाकोठीका सुमनकुमार जोशीको घरमा आगलागी भएको हो।

उनको घरको माथिल्लो तलामा रहेको मन्दिर कोठाबाट आगलागी सुरु भएको थियो।

आगलागी हुँदै गर्दाको दृश्य

मन्दिरमा बालेको दियोबाट प्लाइबोर्डमा आगो सल्किएको ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

उनका अनुसार नेपाल प्रहरी र ललितपुर महानगर प्रहरीले २ वटा दमकलकोक सहायतामा आगो निभाएको छ। 

क्षतिको विवरण आउन बाँकी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad