पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले जारी पुँजी ८० करोडको २ स्थानीयका लागि र १८ प्रतिशत रकम बराबरको सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर खुला गर्न लागेको हो।
कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावितका लागि १ लाख ६० हजार कित्ता र १६ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूका लागि निष्कासन गर्ने भएको हो।
यसका लागि फागुन २० देखि चैत ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
मागबमोजिम आवेदन नपरेको खण्डमा भने ढिलामा चैत २० गतेसम्म आवेद नमिति लम्ब्याइने पनि उल्लेख छ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृति पाएको यो कम्पनीको नेटवर्थ ९६.८२ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ०.३८ रुपैयाँ छ।
यो कम्पनी २ करोड रुपैयाँ सञ्चिति नोक्सानमा छ।
यस्तै लगानीका लागि मध्यम जोखिमयुक्त कम्पनी मानिन्छ।
रेटिङ प्रदान गर्ने कम्पनी केयर रेटिङ्स प्रालिले कम्पनीलाई डबल बी प्लसको रेटिङ दिएको हो।
Shares

प्रतिक्रिया