राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले नेपालमा भ्रष्टाचार झनै बढेको बताएकी छन्। आइतबारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले भ्रष्टाचार र सुशासनमाथि निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल गरेको अध्ययन प्रतिवेदनअनुसार यस वर्ष सन् २०२३ को भन्दा कम अंक पाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
नेपालमा भ्रष्टाचार झनै बढेको र सुशासन झनै कमजोर हुँदै गएको तथ्यांकले देखाएको उनको भनाइ छ।
‘भ्रष्टाचार र सुशासनमाथि निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल यसले हरेक वर्ष झैँ यस वर्ष पनि सन् २०२४ को भ्रष्टाचार र सुशासनको अध्ययन विश्लेषण गरी हालै प्रतिवेदन सार्वजनिक गरेको छ। दुःखको कुरा नेपालमा भ्रष्टाचार बढेको र सुशासन खस्किएको प्रतिवेदनले देखाएको छ। नेपालले जम्मा ३४ अंक प्राप्त गरेको छ। अघिल्लो वर्ष ३५ थियो,' उनले भनिन्, 'अझ हामी सुशासनमा कमजोर देखिएका छौँ। भ्रष्टाचार बढेको देखिएको छ। सन् २०२३ को भन्दा पनि कम हुनुमा हाम्रा केके कमजोरी हो ? त्यसको मूल्यांकन हुनुपर्छ।’
Shares

प्रतिक्रिया