बागमती


काठमाडौँको न्यूनतम तापक्रम २४ घण्टादेखि स्थिर

काठमाडौँको न्यूनतम तापक्रम २४ घण्टादेखि स्थिर

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
पुस २८, २०८१ आइतबार १०:५१, काठमाडौँ

काठमाडौँको न्यूनतम तापक्रम २४ घण्टादेखि स्थिर बसेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ८:४५ बजे ५ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम आज आइतबार बिहान ८:४५ बजे मापन गर्दा पनि त्यत्ति नै पाइएको हो। 

महाशाखाको सूचीमा आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी विराटनगरमा १३ डिग्री सेल्सियस छ। 

मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।  

न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।

हेर्नुहोस् आजको न्यूनतम र हिजोको अधिकतम तापक्रम विवरण-  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad