आज पनि सुनचाँदीकै मूल्य बढेको छ। आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेको हो।
मूल्य बढेर आज सुन प्रतितोला एकलाख ५५ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको बिहीबार र शुक्रबार पनि सुन तोलामा आठ/आठ सय रुपैयाँ बढेको थियो। गएकाे बुधबार सुनको मूल्य तोलामा पाँचसय रुपैयाँ बढेको थियो।
गएको शुक्रबार सुन तोलाको एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ६० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया