बागमती


मुख्यमन्त्री शाह भन्छन्- जिसस बलियो भए मात्र जिल्लाको विकास प्रभावकारी हुन्छ

मुख्यमन्त्री शाह भन्छन्- जिसस बलियो भए मात्र जिल्लाको विकास प्रभावकारी हुन्छ

नेपालखबर
पुस १५, २०८१ सोमबार २२:२९, चितवन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जिल्ला समन्वय समिति (जिसस) बलियो भए मात्र जिल्लाको विकास तथा सेवा प्रवाह प्रभावकारी हुने बताएका छन्।

सोमबार अछामको जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले समन्वय समितिलाई संविधानले परिकल्पना गरेबमोजिम प्रभावकारी बनाउन आवश्यक रहेको धारणा पनि राखे। प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विकास र समृद्धिको बाटोमा डोर्‍याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती ऐन पारित गरिसकेकाले अब सदनबाट स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन पनि पारित हुने कुरामा विश्वस्त हुन आग्रह पनि शाहले गरे।

कार्यक्रममा स्थानीय सरकारले गर्नुपर्ने सामान्य कुरामा प्रदेश र केन्द्र सरकारले हस्तक्षेप गरेको स्थानीय तहका जनप्रतिनिधिले आरोप लगाए।

प्रदेश सरकारका योजना स्थानीय तहसँग समन्वय नगरी भुक्तानी हुने गरेकाले स्थानीय तहलाई जानकारी गराउनुपर्ने मुख्यमन्त्री शाहले बताए।

जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न जिल्लासभामा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, पुष्पबहादुर शाह, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रदेशसभा सदस्य मानबहादुर रावललगायतले शुभकामना दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad