बागमती


५ राउन्ड हवाई फायर गरेर गैँडाको खाग तस्करलाई सेनाले लियो नियन्त्रणमा

५ राउन्ड हवाई फायर गरेर गैँडाको खाग तस्करलाई सेनाले लियो नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा छलफलको क्रममा लागेको भीड


सुनिता विष्ट
पुस ११, २०८१ बिहिबार १४:४५, हेटौंडा

चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले हेटौंडामा ५ राउण्ड हवाई फायर गरेर गैंडाको खाग तस्कर पक्राउ गरेको छ। बिहीबार दिउँसो हेटौंडा-५ गर्दोई र हेटौंडा-८ को सिमानाबाट खाग तस्कर पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गैंडाको खाग तस्करलाई पक्राउ गर्न हवाई पाएर गरिएको हो। चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। घटनाबारे पूर्ण जानकारी निकुञ्ज मार्फत गर्नेगरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको उनले बताए। 

उनका अनुसार विशेष सुराकीका आधारमा तस्कर पक्राउ गर्न २ वटा भ्यानमा हेटौंडा आएका ७/८ जना सेनाको टोलीले तस्कर भाग्न खोज्दा हवाई फायर गरेको बताइएको छ। वार्डेन गणेश पन्तले पक्राउ गरिएको पुष्टि गर्नुहुँदै हेटौँडाबाट निकुञ्ज ल्याएपछि विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad