बागमती


नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले सम्हालिन् पदभार, बालेनले दिलाए शपथ

नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले सम्हालिन् पदभार, बालेनले दिलाए शपथ

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १५:१७, काठमाडौँ

काठमाडौँ महानगरपालिका वडा नं १६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले पदभार सम्हालेकी छन्।

महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच उनले नगर प्रमुख बालेन्द्र शाह (बालेन) समक्ष शपथग्रण गरी पदभार सम्हालेकी हुन्।

त्यस क्रममा श्रेष्ठलाई महानगर प्रमुख बालेन, उपप्रमुख सुनीता डंगोलसहित विभिन्न जनप्रतिनिधि तथा प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारीले बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना दिए।

प्रमुख शाहको सचिवालयका अनुसार, उनीहरूबीच वडा नं १६ का अवस्था, चुनौती र आवश्यकताका बारेमा पनि केहीबेर छलफल भएको थियो। प्रमुख शाह र नवनिर्वाचित श्रेष्ठले एकअर्कासँग मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएकी हुन्। उनी रास्वपाकी एक मात्र स्थानीय जनप्रतिनिधि बनेकी छन्। यस्तै उनी राजधानी महानगरकी एक मात्र महिला वडाध्यक्ष पनि एकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad