बागमती


कीर्तिपुर मेयर मतगणना अपडेटः सबैभन्दा अगाडि रहेको कांग्रेसले मतान्तर बढायो

कीर्तिपुर मेयर मतगणना अपडेटः सबैभन्दा अगाडि रहेको कांग्रेसले मतान्तर बढायो

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १३:३८, काठमाडौँ

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदको जारी मतगणनामा अगाडि भइरहेका नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले मतान्तर बढाउँदै लगेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार डंगोल २ हजार ४२० मतसहित अगाडि भइरहेका हुन्।

उनी एमाले उम्मेदवार डा.सुरेन्द्र मानन्धरभन्दा ३५९ मतले अघि भएका हुन्। मानन्धरले अहिलेसम्म २ हजार ६१ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले हालसम्म १ हजार ६७४ मत पाएका छन्।

अघिल्लो निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका केश रत्‍न बज्राचार्यले ५ हजार ५०७ र माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ९० मत ल्याएका थिए।

तर मेयर राजकुमार नकर्मीकाे निधन भएपछि उपनिर्वाचन गरेर रिक्त पद पूर्ति गर्न लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad