बागमती


हेटौंडा-१२ मा कांग्रेसका तिवारी विजयी, माओवादीसँग लिए दुईपटकको हारको बदला

हेटौंडा-१२ मा कांग्रेसका तिवारी विजयी, माओवादीसँग लिए दुईपटकको हारको बदला

नेपालखबर
मंसिर १७, २०८१ सोमबार २:५६, हेटौँडा (मकवानपुर)

हेटौंडा उपमहानगरपालिका–१२ को वडाअध्यक्षमा नेपली कांग्रेसका अर्जुन तिवारी विजयी भएका छन्।

आइतबार भएको उपनिर्वाचनमा वडाअध्यक्षमा तिवारी २ हजार ६३ मत ल्याएर विजयी भएका हुन्।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष पदमा हार व्यहोरेका तिवारी तेस्रो पटकको प्रयासमा विजयी भएका हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले थोरै मतान्तरले हराएका तिवारी २०७९ मा पनि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। सो निर्वाचनमा पनि माओवादीकै घलान १६ मतान्तरले विजयी भएका हुन्।

दुई पटकसम्म माओवादीसँगै हारेका तिवारी यो उपनिर्वाचनमा माओवादीलाई हराउँदै विजयी भएका हुन्। माओवादीको उम्मेदवार परिवर्तन हुनेबित्तिकै तिवारीले जित आफ्नो पोल्टामा पारेका छन्।

माओवादी केन्द्रबाट रवीन प्रधान चुनावी मैदानमा उत्रिएका थिए। उनले १ हजार ५६० मत ल्याएर दोस्रो भए भने एमालेका राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गर्दै तेस्रो भएका छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा पनि नगरकोटी तेस्रो भएका थिए। उतिबेला ४७ मतान्तरले मात्रै तेस्रो भएको उनको यो उपनिर्वाचनमा मतान्तर अझ फराकिलो बनेको छ।

कुल मतदाता ८ हजार ५३ रहेकोमा ६८.०८ प्रतिशत अर्थात् ५ हजार ४८३ मत खसेको यस चुनावमा दुईवटा मतदानकेन्द्रमा मतदान भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad