बागमती


कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित

कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ३:४, काठमाडौँ

कीर्तिपुर नगरपालिका वडा नं १ को वडाध्यक्षमा इच्छाकुमार महर्जन निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेस उम्मेदवार इच्छाकुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् ।

उनका अनुसार, नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन्।

कीर्तिपुरमै नगर प्रमुख र वडा नं ४ को वडाध्यक्षका लागि पनि आइतबार मतदान भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad