बागमती


गौरीशंकरको उपनिर्वाचन : ७ हजारभन्दा बढी मत खस्यो

गौरीशंकरको उपनिर्वाचन : ७ हजारभन्दा बढी मत खस्यो

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १५:४८, काठमाडौँ

दोलखाको गौरीशंकर गाउँपालिकामा जारी निर्वाचनमा हालसम्म ७ हजार बढी मत खसेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्मको अवधिमा ७ हजार ३ सय ३४ मत खसेको हो।

जिल्ला निर्वाचन कार्यालय दोलखाले दिएको जानकारी अनुसार १२ मतदान स्थलका २१ मतदान केन्द्रमा मतदान जारी छ। जसमा हालसम्म १ नम्बर वडामा ७५१ मत खसेको छ भने दुई नम्बर वडामा ७२७ मत खसेको बताइएको छ।

यस्तै, ३ नम्बर वडामा ८४५, ४ नम्बर वडामा ८९०, ५ नम्बर वडामा १ हजार ४३९, ६ नम्बर वडामा ६२३, ७ नम्बर वडामा ७८१ र ८ नम्बर वडामा हालसम्मको अवधिमा २८० मत खसेको बताइएको छ। कुल मतदाताको ४५ प्रतिशत मत खसेको हो। गौरीशंकरमा कुल १५ हजार ७ सय १८ मतदाता छन् ।

गौरीशंकरमा उपाध्यक्ष पदका लागि निर्वाचनमा ७ राजनीतिक दल र ९ जना स्वतन्त्र गरि १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad