बागमती


काठमाडौँ १६ मा ८५ वर्षका मतदाता प्रधानलाई प्रहरीले बोकेर पुर्‍याए मतदान केन्द्र

काठमाडौँ १६ मा ८५ वर्षका मतदाता प्रधानलाई प्रहरीले बोकेर पुर्‍याए मतदान केन्द्र

८५ वर्षका श्यामलाल प्रधानलाई बोकेर मत हाल्ने ठाउँसम्म लाँदै प्रहरी हवलदार भुवन श्रेष्ठ।


सरोज बैजु
मंसिर १६, २०८१ आइतबार १०:५६, काठमाडौँ

निर्वाचनमा होस् वा उप-निर्वाचन आफ्नो मताधिकार उपयोग गर्न १९ वर्ष पुगेका नागरिक टाढा–टाढाबाट मतदान केन्द्र पुग्छन्। नेपालको संविधानले पनि १८ वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकको संघीय व्यवस्थापिका, प्रदेश व्यवस्थापिका र स्थानीय व्यवस्थापिकाका लागि मतदान गर्ने अधिकार प्रत्याभूत गरेको छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा जारी उपनिर्वाचनमा प्रहरीले एक जना जेष्ठ नागरिकलाई पिठ्युँमा बोकेर मतदान केन्द्र पुर्‍याए। ती जेष्ठ नागरिक थिए–८५ वर्षका स्थानीय श्यामलाल प्रधान। प्रधानले प्रहरी हवलदारको सहयोगमा लैनचौरस्थित सरस्वती क्याम्पस मतदान केन्द्रमा मत खसालेका हुन्।

उनलाई प्रहरी हवलदार भुवन श्रेष्ठले मत खसाल्ने ठाउँसम्म पुर्‍याइदिएका हुन्।

बिहान ७ बजेदेखि मतदान भइरहेको छ।

यो वडा काठमाडौँ महानगरपालिकाको सबैभन्दा ठूलो हो।

नेपाली कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको गएको भदौमा निधन भएपछि सो वडामा उपचुनावबाट पदपूर्ति गर्न लागिएको हो।

वडाध्यक्ष पदका लागि १८ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad