नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन्।
अध्यक्ष श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डकै उपकार्यकारी निर्देशक निरञ्जन घिमिरेलाई दिएका हुन्।
उनले यही मंसिर १३ देखि नै लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी घिमिरेलाई दिएका हुन्।
यसअघि प्रवक्ताको जिम्मेवारीमा कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए।
उनी २०८१ जेठ १७ गतेदेखि बोर्डको प्रवक्ता थिए।
प्रवक्तामा घिमिरे आएपछि डा. अधिकारीलाई कुन जिम्मेवारी दिइयो भन्नेबारे भने बोर्डले खुलाएको छैन।
471
Shares

प्रतिक्रिया