काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम फेरि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज (बुधबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। हिजो (मंगलबार) यो तापक्रम ८.८ डिग्री सेल्सियस थियो भने यसअघि सोमबार ८ डिग्री सेल्सियस नै थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे प्रकाशन गर्नेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अझ घट्न सक्छ।
मौसमविद् अधिकारीका अनुसार उपत्यकामा अहिले हुस्सु पनि लागिरहेको छ। ‘अहिले बिहान केही घण्टा हुस्सु लाग्ने देखिन्छ भने दिउँसो पनि तुवाँलो लाग्ने सम्भावना छ’, उनले भने, ‘बादल लाग्ने तथा पानी पर्ने सम्भावना भने छैन आज।’
927
Shares

प्रतिक्रिया