बागमती प्रदेशको राजधानी हेटौंडामा तिहारको किनमेल गर्नेको भीड बढेको छ। हेटौंडाको मुख्य व्यापारिकक क्षेत्रमा तिहारको किनमेल गर्नेको भीड बढेको हो।
विशेष गरी तिहारका लागि आवश्यक पर्ने माटोका पाला, झिलिमिली बत्ती, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, अमला, भाइमसला, कपडाको किनमेल गर्नेले बजार भरिभराउ देखिएको छ।
हेटौंडाको संगमचोक, बुद्धचोक, राप्तीरोड, सीमाचोक लगगाएतका स्थानहरूमा तिहारको किनमेल गर्नेको भीड बढेको हो।
फूल र बत्तीको पर्व तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने मान्यता रहेकाले यसलाई यमपञ्चक पनि भन्ने गरिन्छ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो खान दिएर काग तिहार मनाइँदै छ।


















Shares

प्रतिक्रिया