ग्लोबल


स्पेनमा बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु

स्पेनमा बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु

बाढीले स्पेनमा विनाश


रासस/एएफपी
कात्तिक १४, २०८१ बुधबार १७:५४, मड्रिड, स्पेन

मुसलधारे वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनका सडक र सहरमा बाढी पस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको आपत्‌कालीन सेवा प्रदायकले पुष्टि गरेका छन्।

‘विभिन्न सुरक्षा र आपत्‌कालीन बलहरूले सार्वजनिक गरेको प्रारम्भिक मृत्यु सङ्ख्या ५१ रहेको छ भने थुप्रै मानिस सम्पर्कमा नआएकाले मृत्यु सङ्ख्या थप वृद्धि हुनसक्ने देखिएको छ’, क्षेत्रीय आपत्‌कालीन सेवाहरूले एक्समा जारी सन्देशमा भनिएको छ।

प्रभावित क्षेत्रमा मृतकका आफन्तको सहयोगमा शव पहिचान भइरहेको छ।

बाढी र डुबानका कारण कार सडकमा बगेका छन् भने एउटा रेल पटरीबाट खसेको छ र घर र भवनमा क्षति पुगेको छ।

सबैभन्दा बढी प्रभावित क्षेत्रका अधिकारीहरूले मानिसहरूलाई घरमै बस्न र अत्यावश्यकबाहेकका सबै यात्राबाट जोगिन सल्लाह दिएका छन्।

भ्यालेन्सिया क्षेत्रमा मृतकमा बालबालिका पनि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad