आज (बिहीबार) काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज दिउँसो वा अपराह्नपछि उपत्यकाका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना देखिएको हो।
‘अहिले बिहान भने उपत्यकाको मौसम आंशिक बदली (पातलो बादल) भएको छ’, उनले भनिन्, ‘दिउँसो पनि यहाँको मौसम आंशिक बदली भई एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ।’
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम वर्षा हुनुलाई हल्का तथा यसभन्दा माथि ५० भन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।
222
Shares

प्रतिक्रिया