बागमती


यसरी खुलाइयो काठमाडौँ-हेटौँडा जोड्ने छोटो दूरीको कान्तिलोकपथ

यसरी खुलाइयो काठमाडौँ-हेटौँडा जोड्ने छोटो दूरीको कान्तिलोकपथ

नेपालखबर
असोज २२, २०८१ मंगलबार १०:४९, काठमाडौँ

यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण अवरुद्ध काठमाडौँ-हेटौँडा जोड्ने छोटो दूरीको कान्तिलोकपथ गएरातिदेखि खुलेको छ। 

मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुरको बागमती गाउँपालिका–२ वगुवास्थित बागमती खोलामा रहेको पुलको केही भाग बाढीले बगाएपछि अवरुद्ध कान्तिलोकपथ मार्गमा सोमबार राति १०ः३० बजेबाट सवारीसाधन सञ्चालन भएको हो। 

अन्य निकायको सहयोगमा उक्त लोकपथ खुलाइएको नेपाली सेनाले जनाएको छ। 

सडक खुलाउन २ स्थानमा करिब ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन तथा च्यानलाइज गरिएको, ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गरिएको, बागमती नदीमा करिब ४० मिटर लम्बाइको र्‍याम्प निर्माण गरी पुलसम्म सडक जोडेको सेनाले जानकारी दिएको छ।  

यसैगरी ग्याबिन बक्स तथा बागमती नदीमा ह्युमपाइप राखेर अस्थायी सडक बनाइएको छ। 

साथै कान्तिलोकपथका अन्य स्थानमा पहिरो पन्छाउने क्रम पनि जारी रहेको सेनाले जनाएको छ। 

हेर्नुहोस् कान्तिलोकपथ खुलाउने क्रमका केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad