बागमती


काभ्रेका बाढीपहिरो प्रभावित ४०१ परिवारलाई एनआरएनएको राहत

काभ्रेका बाढीपहिरो प्रभावित ४०१ परिवारलाई एनआरएनएको राहत

नेपालखबर
असोज २१, २०८१ सोमबार १९:४५, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ।

बाढी तथा डुबानका कारण प्रभावितहरूलाई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आह्वान तथा राष्ट्रिय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्रीहरू वितरण गरिएको हो।

स्थानीय तहसँग समन्वयपश्चात् पनौती नगरपालिका वडा नं १ का १ सय २३ परिवार, वडा नं २ का ५३ परिवार, वडा नं ३ का २५ परिवार र वडा नं १२ का २०० परिवारलाई राहत वितरण गरिएको एनआरएनएले जानकारी दिएको छ।

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोलीमा उपाध्यक्षद्वय रामशरण सिम्खडा र रोजिना प्रधानलगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहभागी थिए। राहत वितरणपश्चात् नेपालमा समस्या परेका बेला विदेशमा बस्ने नेपालीले गरेको सहयोगका लागि सांसद गोकुल बाँस्कोटाले धन्यवाद दिएका थिए। 

यसअघि एनआरएनएले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो।जसअनुसार एनसीसी यूकेले १५ लाख सहयोग गरेको थियो।

एनआरएनए अध्यक्ष डा बद्री केसी नेतृत्वको टोलीले हिजो दक्षिणकाली र सिस्नेरी क्षेत्रमा राहत वितरण गरेको थियो।

बुधबार ललितपुर ठोस्नेखोलामा राहत वितरण गर्ने एनआरएनएले जनाएको छ। तराईंका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको एनआरएनए सचिवालयले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad