ad ad

बागमती


मकवानपुरमा ट्यांकीको लागि खनेको खाल्डोमा डुबेर डुबेर ३ वर्षीया बालिकाको मृत्यु

मकवानपुरमा ट्यांकीको लागि खनेको खाल्डोमा डुबेर डुबेर ३ वर्षीया बालिकाको मृत्यु

नेपालखबर
भदौ ८, २०८१ शनिबार २१:१०, मकवानपुर (हेटौंडा)

मकवानपुरमा पोखरीमा डुब्दा एक बालिकाको ज्यान गएको छ। 

मकवानपुरको राक्सिराङ गाउँपालिका–६ सिलिङेमा पानी ट्यांकीको लागि खनेको खाल्डोमा डुबेर बालिकाको ज्यान गएको हो।

शनिबार (आज) बिहान ११ बजेतिरको समयमा शेर बहादुर प्रजाको छोरी ३ वर्षकी सुदिक्षा प्रजाको मृत्यु भएको सोही वडाकी वडा सदस्य अनिसा प्रजाले जानकारी दिइन्।

घरबाट २०/२५ मिटर  पर रहेको पानी ट्याङकी बनाएको पुरानो खाल्टोमा जमेको पानीमा डुबेर मृत अवस्थामा उनको परिवारले बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .