ad ad

बागमती


सत्रकिलो बस दुर्घटना : यी हुन् २५ घाइते, दुईजनाको अवस्था गम्भीर

सत्रकिलो बस दुर्घटना : यी हुन् २५ घाइते, दुईजनाको अवस्था गम्भीर

सुनिता विष्ट
भदौ ७, २०८१ शुक्रबार १७:२०, हेटौंडा

चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिँदा घाइते भएकाहरूको पहिचान खुलेको छ।

आज (शुक्रबार) दिउँसो भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खस्दा बस अनियन्त्रित भएर दुघर्टना भएको हो।

दुर्घटनामा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा रौतहट गढीमाई नगरपालिका ६ बस्ने वर्ष ४८ को शैलेन्द्र यादव र उनकी १८ वर्षीया छोरी अर्चना यादव छन्।

अन्य घाइतेमा बाराको निजगढ नगरपालिका–८ बस्ने २६ वर्षीया सबिना थापा (अवस्था सामान्य), रौतहट चपुर नगरपालिका–८ बस्ने वर्ष ४६ को जनक नारायण चौधरी (अवस्था मध्यम), उनका छोरा १८ वर्षीय इन्द्रजीत चोधरी (अवस्था सामान्य), रौतहट गौर नगरपालिका–२ बस्ने वर्ष १७ की सन्ध्या साह (अवस्था मध्यम), चितवनको भरतपुर बस्ने २७ वर्षीया पूजा न्यौपाने (अवस्था मध्यम) सोही स्थानकी ४८ वर्षीया मनरुपा न्यौपाने (अवस्था मध्यम) र कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने ४० वर्षकी साबित्री थापा मगर रहेका छन्।

उनीहरूको चितवनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, सामान्य घाइते रौतहट कटहरिया नगरपालिका–१ का २५ वर्षका सिनोज दास, रौतहट मंगलपुर–८ बस्ने वर्ष २० को लालबाबु दास, रौतहटकै बृन्दाबन नगरपालिका–६ बस्ने वर्ष २२ को विक्रम दास, रौतहट गरुडा नगरपालिका–४ बस्ने वर्ष २० को पवन साह, सोही स्थानका १५ वर्षका अनोस साह, बारा जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने वर्ष २४ की उन्नती उपाध्याय, उनका श्रीमान अनदीप धिताल (अवस्था मध्यम) र बसका सहचालक बारा निजगढ नगरपालिका–५ बस्ने वर्ष ४३ को अर्जुन चौलागाई (सामान्य घाइते) को पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ।

अन्य सामान्य घाइतेहरूमा रौतहट बृन्दावन नगरपालिका ६ बस्ने वर्ष २१ को दिपेश दास, सोही स्थानका २२ वर्षका दिनानाथ दास, रौतहटको परोहा नगरपालिका–७ बस्ने ३४ वर्षका कोमो खैयाज, रौतहटको बृन्दावन नगरपालिका–६ का १७ वर्षका नौराज कुमार शाह, सोही स्थानका १८ वर्षका अजय कुमार दास, गौर नगरपालिका ९ का २१ वर्षीया ढली ठाकुर (अवस्था मध्यम) र उनको बहिनी २० वर्षीया दिव्या ठाकुर रहेको चितवन प्रहरीका डिएसपी रिजालले जानकारी दिए।

उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बस घटनास्थलमै छ भने बसका चालक फरार रहेका छन्।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .