कास्कीको पोखरास्थित फेवातालमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ।
पर्वतको फलेबास नगरपालिका २ थापाठाना घर भई पोखरा ७ अन्नपूर्ण टोलमा बस्ने १३ वर्षीय प्रस्ताव क्षेत्रीको फेवा तालमा डुबेर मृत्यु भएको कास्कीका प्हरी प्रमुख एससपी मोहन थापाले जानकारी दिए।
उनी शुक्रबार दिउँसो साढे १ बजेदेखि हराएको सूचना प्राप्त भएपछि खोजि गर्दा फेवातालमा शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ।
480
Shares
प्रतिक्रिया