आज (शुक्रबार) बिहान काठमाडौँ महानगरपालिका–१५, डल्लु छहारी गल्लीमा एक स्थानीयको घरमा आगलागी भएको छ।
सञ्चारकर्मीसमेत रहेका स्थानीय विजय सिंहका अनुसार बिहान ९:१५ तिर बजे छिमेकी लक्ष्मण श्रेष्ठको घरमा आगलागी भएको हो।
तर स्थानीयको सक्रियतामा बेलैमा आगो नियन्त्रणमा लिएकाले ठूलो धनजनको क्षतिबाट जोगिएको उनले बताए।
‘उहाँहरू पूजाकोठामा दियो बालेर सबैजना तल झर्नुभएछ, त्यही आगो सल्किएर आगलागी भएछ’, सिंहले भने, ‘तर बेलैमा हामी सबै मिलेर आगो निभाएकाले कोठाका केही सामान जल्नुबाहेक खासै क्षति हुन पाएन।’
आगलागीको भिडिओ-
1.6k
Shares
प्रतिक्रिया