ad ad

बागमती


पछिल्लो १२ घण्टामा ललितपुरका तीन, काठमाडौँको एक स्थानमा भारी वर्षा

पछिल्लो १२ घण्टामा ललितपुरका तीन, काठमाडौँको  एक स्थानमा भारी वर्षा

फाइल फाेटाे


नेपालखबर
साउन २२, २०८१ मंगलबार १९:४८, काठमाडौँ

पछिल्लो १२ घण्टामा काठमाडौँ उपत्यकाका चार स्थानमा भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज) साँझ ७:४० बजेसम्म गरेको अपडेटअनुसार विगत १२ घण्टामा ललितपुरका तीन र काठमाडौँको एक स्थानमा भारी वर्षा भएको हो। 

वर्षा विवरणअनुसार ललितपुरको गोदावरी (८७ मिलिमिटर), ललितपुरकै खुमलटार (७५.८ मिलिमिटर), काठमाडौँको कीर्तिपुर (६१.४ मिलिमिटर) र ललितपुरको लेलेमा (६०.८ मिलिमिटर) वर्षा भएको हो। 

यसबाहेक सो अवधिमा उपत्यकाका अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।  

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .