ad ad

राजनीति


एमालेको अपानि– केन्द्रदेखि स्थानीय सरकारसम्म बलियो स्थान बन्यो, अबको ध्यान मिसन-८४ मा (पूर्णपाठ)

एमालेको अपानि– केन्द्रदेखि स्थानीय सरकारसम्म बलियो स्थान बन्यो, अबको ध्यान मिसन-८४ मा (पूर्णपाठ)

नेपालखबर
साउन २२, २०८१ मंगलबार १९:५०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग ७ बुँदे समझदारी गरी नयाँ सत्ता समीकरण बनेपछि आशाको सञ्चार गरेको भन्दै अब सम्पूर्णरूपले मिसन–८४ मा ध्यान दिन पार्टी पंक्तिलाई निर्देश गरेका छन्।

असार १८, २८ र साउन १७ मा भएका केन्द्रीय सचिवालय बैठकका निर्णयका साथै हालै गरिएको जिम्मेवारी हेरफेरको जानकारी गराउँदै अध्यक्ष ओलीले अब एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणमा लाग्न निर्देशन दिएका छन्।

साउन १७ गते बसेको एमाले सचिवालय बैठकले ठूलो संख्यामा केन्द्रीय कमिटी, केन्द्रीय निकायमा पदाधिकारी तथा सदस्यहरूको मनोनयन गरेको थियो। त्यस्तै केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यको नयाँ कार्यविभाजन पनि गरेको थियो।

ती महत्त्वपूर्ण निर्णयको जानकारी तथा कार्यान्वयनका लागि एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको हो। ३५ पृष्ठको उक्त दस्तावेजमा हालै गरिएको कार्यविभाजनका आधार र मापदण्डबारे स्पष्ट पारिएको छ। यसको मुख्य आधार र मापदण्ड मिसन-८४ नै रहेको उल्लेख गरिएको छ।

‘नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा भएको ७ बुँदे सहमतिबाट जनतामा नयाँ प्रकारको आशाको सञ्चार भएको छ। पार्टी अध्यक्षको नेतृत्वको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षाअनुरूप विकास र समृद्धिका कामहरूलाई योजनाबद्ध रूपमा अधि बढाउन सुरू गरेको छ,’ ओलीको निर्देशनमा लेखिएको छ, ‘नयाँ सत्ता समीकरण निर्माण भएसँगै सातवटै प्रदेशमा पार्टीको सहभागितामा प्रदेश सरकार गठन भएका छन् वा गठनको प्रक्रियामा छन्। स्थानीय तहमा पनि हाम्रो पार्टीको उल्लेख्य सहभागिता र नेतृत्वसमेत छ। केन्द्र र प्रदेश सरकारमा हाम्रो महत्त्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता प्राप्त भएको छ। अब मिसन-८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधिको कामलाई योजनाबद्ध रूपमा अधि बढाउनुपर्दछ। राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको छ। पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउनुपर्दछ। स्थानीय कमिटीका अधिवेशनहरू सम्पन्न भएसँगै अब सिंगो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्दछ। म सम्पूर्ण कमरेडहरूलाई आत्मविश्वासका साथ त्यस दिशामा क्रियाशील हुन अनुरोध गर्दछु।’

हेर्नुहोस् अपानिको पूर्ण पाठ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .