ad ad

बागमती


त्रिशूलीमा बेपत्ता बस खोज्न चितवन आइपुग्यो भारतीय उद्धार टोली, काम थाल्नुअघि दुर्घटनाको बिफ्रिङ

त्रिशूलीमा बेपत्ता बस खोज्न चितवन आइपुग्यो भारतीय उद्धार टोली, काम थाल्नुअघि दुर्घटनाको बिफ्रिङ

नेपाल आइपुगेको भारतीय उद्धार टोली चितवनमा। तस्बिरः रासस


सुनिता विष्ट
साउन ५, २०८१ शनिबार १५:१९, हेडौंडा

चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली चितवन आईपुगेको छ। 

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली शनिबार चितवन आइपुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। उनका अनुसार भारतीय टोली सुनौली नाका हुँदै नेपाल आएको हो। यतिबेला उद्धारमा जुट्नुअघि जिल्ला प्रशासन कार्यालय चितवनमा दुर्घटनाको बारेमा 'ब्रिफिङ' गराइँदै गरिएको डिएसपी रिजालले जानकारी दिए। 

पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका हुन्। उनीहरू सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थलमा सक्रिय हुने प्रशासन कार्यालयले जनाएको छ। गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो। केहीबेरमा उक्त उद्धार टोली त्रिशूली र नारायणी नदीमा खटिने बताइएको छ।

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए।

उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। हालसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको छ भने ३९ यात्रु र बसको अवस्था अझै अज्ञात छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .