ad ad

बागमती


काठमाडौँ महानगरपालिकाले ९११ जनालाई दिलायो रोजगारी

काठमाडौँ महानगरपालिकाले ९११ जनालाई दिलायो रोजगारी

मेयर बालेन्द्र शाह (बालेन)


नेपालखबर
साउन १, २०८१ मंगलबार ८:२३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको पहलमा ९११ जनाले रोजगारी पाएका छन्।

मेयर बालेन्द्र शाह (बालेन) का अनुसार महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको हो। 

‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो’, मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।’ 

मेयर बालेन भन्छन् :

महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान

काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना 'रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि' तथा 'श्रम बैंक' स्वर्णिम योजना अगाडि बढाएको हो।

यसको सुरुवात भएको आर्थिक वर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका छन्। यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ। महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरू रोजगार/स्वरोजगार भएका छन्।

महानगरको सानो प्रयासले १ आर्थिक वर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार/स्वरोजगार हुनु भएको छ। यद्यपि यो हाम्रो लक्ष्य भन्दा धेरै सानो संख्या हो। आर्थिक बर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिष्कृत गरी लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरी बजेट तथा कार्यक्रमहरू तयार गरेका छौँ। सीप मेलामा फर्म भर्नु भएका सम्पूर्णलाई तालिम तालिकाअनुसार तालिम उपलब्ध गराउने नै छौँ। समय र स्थान एसएमएस मार्फत जानकारी गराउने छौँ।

तपाईंहरूको व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौँ प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंकमार्फत सम्पर्क गरी सेवा लिन सक्नुहुनेछ। एउटै पदका लागि १० जनाभन्दा बढी जनशक्ति आवश्यक भएमा तपाईंहरूकै ‘सेलेबस’ (पाठ्यक्रम) मा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएका छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .