ad ad

बागमती


नारायणी नदीमा भेटिएका दुवै शव भारतीय नागरिकको

नारायणी नदीमा भेटिएका दुवै शव भारतीय नागरिकको

सुनिता विष्ट
असार ३०, २०८१ आइतबार १६:३२, हेटाैँडा

नारायणी नदीमा फेला परेका दुईवटा शवको सनाखत भएको छ। आइतबार बिहान नारायणी नदी किनारमा भेटिएका शवको सनाखत भएको चितवन प्रहरीले जनाएको छ।

गत शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएको दुईवटा बसका यात्रुमध्ये आज भेटिएका दुवै शव भारतीय नागरिकको रहेको पुष्टि भएको हो।

नवलपुरको गौंडाकोट नगरपालिका ७ गैरीस्थित नारायणी नदीमा फेला परेको शव भारतको बेतिया मझेलिया थाना गुठिया इन्दु घर भएका ३० बर्षको सजाद अन्सारी रहेको पुष्टि भएको छ। 

यस्तै, भरतपुर महानगरपालिका २८ स्थित नारायणी नदी किनारमा फेला परेको अर्को शव भारत बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने वर्ष ३० कै प्रकाश ठाकुर रहेको उनका दाई ओम प्रकाश ठाकुरले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार प्रकाश काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बसमा सवार यात्रु हुन् भने सजाद वीरगञ्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसमा सवार यात्रु रहेको पुष्टि भएको हो।

यो सहित हालसम्म भेटिएका ५ वटै शवको सनाखत भएको छ। यसअघि नै तीनजनाको परिचय खुलेको थियो। जसमा माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको सनाखत भइसकेको छ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .