ad ad

बागमती


काठमाडौँमा पनि पानी पर्ने सम्भावना

काठमाडौँमा पनि पानी पर्ने सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार ९, २०८१ आइतबार ७:२३, काठमाडौँ

देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली (आकाशमा बादल) भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको मौसम अहिले (आइतबार बिहान ७ बजे) साधारणतया बदली छ।

‘साधारणतया बदली भनेको आकाशमा बादल लागेको छ, तर घामै नछिर्ने अवस्था छैन,’ उनले भने।

उनका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

‘बिहान ११/१२ बजेतिर घाम लाग्ने सम्भावना छ’, मौसमविद् अधिकारीले भने, ‘तर त्यसपछि फेरि बादल बढेर वर्षा हुने सम्भावना छ।’

मौसम महाशाखाले आज दिउँसो काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको उल्लेख गरेको छ। 

यसैबीच आज बिहान ५:४५ बजेको रेकर्डमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस देखिएको मौसमविद् अधिकारीले जानकारी दिए।

तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः अपडेट हुनेछ।

त्यतिबेला थोरै घट्ने सम्भावना हुनसक्छ। हिजो शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस थियो। 

आज उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .