ad ad

समाज


आज कोसी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८१ आइतबार ६:४८, काठमाडौँ

हाल कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशकाे पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। देशका बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला (आइतबार बिहान) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ अहिले गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा दिउँसाे भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोसी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्ताे हाेला साेमबार र  मंगलबारकाे माैसम?

२०८१ असार १० गते सोमबार 

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८१ असार ११ गते मंगलबार

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी र बाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː कोसी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोसी, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .