ad ad

बागमती


काठमाडौँमा आज वर्षाको सम्भावना उच्च

काठमाडौँमा आज वर्षाको सम्भावना उच्च

फाइल तस्बिर : दहचोक


नेपालखबर
असार ५, २०८१ बुधबार ८:२६, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज पनि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

‘यतिबेला (बुधबार बिहान ८ बजे) काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली (पातलो बादल) छ’, उनले भनिन्, ‘आज दिनभर उपत्यकाको मौसम आंशिकदेखि साधारणतया बदली (बादलले आकाश ढाक्नु) हुने देखिन्छ, अपराह्नतिर वर्षा पनि हुन्छ।’

मौसम महाशाखाले पनि आफ्नो वेबसाइटमा आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना उच्च रहेको उल्लेख गरेको छ।

महाशाखाअनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ६० प्रतिशत छ। 

मौसमविद् महर्जनका अनुसार गएराति पनि काठमाडौँ उपत्यकामा वर्षा भएको छ। यस क्रममा धापड्याम स्टेसनमा त भारी वर्षासमेत भएको जानकारी उनले दिइन्।

‘काठमाडौँको धापड्यामस्थित स्वचालित मौसम केन्द्रमा ७० मिलिमिटर वर्षा भएको छ’, उनले भनिन्, ‘काठमाडौँ उपत्यकाका सबै ठाउँमा पानी परेको छ, जहाँ जहाँ हाम्रा स्टेसन छन्, त्यहाँ वर्षा देखाएको छ।’

आज बिहान ५:४५ बजेको रेकर्डमा काठमाडौँ उपत्यकाको न्यूनतम  तापक्रम २० डिग्री सेल्सियस देखिएको उनले बताइन्। तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८४५ बजे पुनः अपडेट हुनेछ। त्यतिबेला तापक्रम थोरै घट्न पनि सक्छ। 

यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ २८ देखि ३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको उनले बताइन्। 

अहिले काठमाडौँ उपत्यकामा पोखरामा बनेको स्थानीय वायु र पश्चिमी वायुको प्रणालीको प्रभावले मौसम बदली र वर्षा भइरहेको मौसमविद् महर्जनको भनाइ छ। यसमा मनसुनको प्रभाव पनि मिसिएको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .